काठमाडौँ: कर्णाली प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गए राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए।

सरकारले अब अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।

नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध पारेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।

एमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन।

सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री शाहीले अध्यादेशबाट भए पनि बजेट ल्याउने तयारी गरेको स्रोत बताउँछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version