काठमाडौं: नेपाली सेनाले आठ पृतनाको संरचना खारेज गरी चार कमाण्डको संरचना कार्यान्वयनमा ल्याएको छ ।

गत फागनु २० गतेको मन्त्रिपरिषद्को बैठकले पूर्वी, मध्य, पश्चिम र उपत्यका कमाण्डको संरचनालाई स्वीकृत गरेको थियो । शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजित कार्यक्रममा चारै कमाण्डका सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरेका छन् ।

यसअघि सात प्रदेश र संघीय राजधानी काठमाडौंमा गरी सेनाका आठवटा पृतना थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version