काठमाडौँ: चौंथो विम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले सम्पूर्ण निजी तथा सामुदायिक बिद्यालयहरुलाई काठमाडौँ उपत्यकाभर विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
यसबारे सरकारले सार्वजनिक रुपमा नभने पनि गृहले मातहतका मन्त्रलाय अर्थात शिक्षा मन्त्रालयलाई सम्पूर्ण बिद्यालयहरुमा यस बारेको निर्णय परिपत्र गर्न निर्देशन भैसकेको गृह प्रवक्ता तथा सह सचिव रामकृष्ण सुबेदीले जानकारी दिए ।
सम्मेलनको मुख्य दिन भदौ १४ र १५ गते सम्पूर्ण निजी तथा सामुदायिक बिद्यालयहरु बन्द रहने प्राय निश्चित छ, सुवेदीले भने । यसो गर्नुका कारण सडकमा गुड्ने सवारीको चाप न्यूनीकरण हो भन्नु नै हो, सुवेदीले भने ।
तर त्यस दिन सार्वजनिक विदाको हकमा भने अहिलेसम्म निर्णय नभएको उनले बताए । यसका लागि क्याबिनेटले निर्णय गर्नु पर्छ। सरकारले सम्मेलनकै लागि भने १३गतेदेखि १५ गतेसम्मलाई भनेर काठमाडौँ उपत्यकाभर जोर बिजोर सवारी चलाउन समेत भनिसकेको छ । जोरबिजोर सम्पूर्ण निजी तथा सार्वजनिक दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सबै खाले सवारीमा लागु हुने, ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक राम कुमार लम्सालले जानकारी दिए ।
