काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’ अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version