काठमाडौँ: नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी आएको छ।

नेपाल राष्ट्र बैंकसहित ती बैंकका उच्च अधिकारीहरूले आफूहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल गरेर सिस्टम ह्याक गर्ने र पैसा निकाल्ने चेतावनी दिइएको बताएका हुन्।

ह्याकरले आफूलाई बुधबार पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी दिइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले  पहिलोक्लिकलाई बताएका छन्।

यस्तै इमेल आफूलाई पनि आएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version