काठमाडौँ:

काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आज (साउन १०) गते मध्यरातिबाट सकिँदै छ।

अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन? आम जिज्ञासा छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अहिलेसम्म यस विषयमा कुनै छलफल हुन नपाएको बताएका छन्।

‘अहिलेसम्म केही छलफल भएकै छैन, मन्त्री पनि नयाँ आउनुभएको छ, हामी सीडीओबीच पनि कुनै छलफल हुन पाएको छैन,’ आइतबार बिहान उनले भने, ‘अब आज छलफल होला।’

यसबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्र लामो दूरीका सवारीसाधन आवतजावत खुला गरिसकेको छ।
यता, ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले भने, जारी निषेधाज्ञा थपिन्छ नै होला।

अहिलेसम्म यसबारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने समयसमेत तय नभइसकेको उनले बताए। आज राति १२ बजेबाट निषेधाज्ञा अवधि सकिने भएकाले आज छलफल गरिने उनको अनुमान छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version