काठमाडौं: साताको सुरुवातमै सेयर बजारले ऐतिहाँसिक नयाँ उचाइ लिएको छ। आइतबार नेप्से परिसूचक करिब ५५ अंकले बढेसँगै सेयर बजार हालसम्मकै उच्च ३०५८ बिन्दुमा पुगेको हो।

यस अघि गत जेठ ३१ गते नेप्सेले ३०२५ बिन्दुको अल टाइम हाइ रेकर्ड बनाएको थियो। उक्त दिन एक लाख ७५ हजार कारोबारमा तीन करोड २० लाख कित्ता सेयर १९ अर्ब रुपैयाँमा किनबेच भएका थिए।

आइतबार भने एक लाख ३९ हजार ३४० कारोबारमा दुई करोड ४६ लाख कित्ता सेयर (म्युचुअल फण्डसहित चार करोड ३९ लाख ३९ हजार कित्ता) १४ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएका छन्।

कारोबार रकमका हिसाबले भने जेठ ३० गते २० अर्ब रुपैयाँको सेयर किनबेच भइ सर्वाधिक कारोबारको रेकर्ड बनेको थियो। उक्त रेकर्ड भने अहिले पनि तोडिएको छैन।

बजारमा एकै दिन एक लाख ८१ हजार पटक सेयर किनबेच भएको रेकर्ड जेठ ३० गतेकै हो। त्यस्तै तीन करोड ३३ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको रेकर्ड पनि जेठ ३० गते नै बनेको थियो।

उच्च बिन्दुको रेकर्ड तोडिए पनि यी कारोबार संख्या, कारोबार कित्ता लगायतका रेकर्डहरुको आसपास पनि बजार पुगेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version