काठमाडौँ: मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो ।

कुल निष्काशन भएको शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले मेरो शेयरको मोबाइएल एप तथा वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन गर्ने व्यवस्था छ । यद्यपी ६८ हजार जनाले मात्र शेयर पाउने हुँदा १० कित्ताको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले केयर रेटिङ्ग नेपाल मार्फत साख मूल्याङ्कन गराएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । डि इस्यूअर रेटिङ्गले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिटै पूरा गर्न नसक्ने जनाउँद छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version