काठमाडौँ: प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो। प्रधानमन्त्री देउवा र प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।
आजै गठबन्धन बैठक गर्ने भने पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच मात्रै छलफल भएको हो।
मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ।
बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने समझदारी गरेका थिए।
