काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल छन् भने संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल छन् ।

यस्तै स्कुल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओली स्वयं छन् भने विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल छन् ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४/१५ सदस्य छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version