काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न ठाडो निर्देशन दिएका हुन् ।

विद्यमान कार्यकारी निर्देशक हितमान शाक्यको कार्यसम्पादनप्रति असन्तुष्ट रहेका देउवाको निर्देशनपछि ऊर्जामन्त्री पम्फा भुसालले मंगलबार नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले राजीनामा दिन भनेकी छन्।

विसं २०७७ कात्तिक २१ गते कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका शाक्य २०७७ माघ २७ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको चार वर्षे कार्यकाल सकिएपछि शाक्यलाई सो जिम्मेवारी दिइएको थियो ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर कार्यकारी निर्देशकको नियुक्ति दिइएको थियो ।

घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएर १४ घण्टे लोडसेडिङ हटाएका कुलमानलाई सोही समयमा नै पुनर्नियुक्ति हुनुपर्ने आवाज उठेर प्रदर्शन समेत भएपनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पुनर्नियुक्त गरेको थिएन ।

ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान ल्याउने चर्चाबीच प्रधानमनत्री देउवाले मंगलबार उर्जामन्त्री भुसाललाई निर्देशन नै दिएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version