काठमाडौँ: पूँजी बजारमा आज सामान्य सुधार आएको छ । सेयर बजार परिसूचक (नेप्से) एक दशमलब ३७ अंकले बढेर एक हजार १७७ दशमलब ०९ अंकमा झरेको छ ।
आइतबार नेप्से २ दशमलब ७८ अंकले घटेको थियो भने सार्वजनिकबिदाको कारण सोमबार कारोबार बन्द भएको थियो ।
आजको कारोबारमा सबैभन्दा बढी उत्पादन मूलक समूहको परिसूचक १२ दशमलब २६ अंक, होटल समूहको परिसूचक १२ दशमलब २४ अंकले बढेका छन् ।
त्यसैगरी, बाणिज्य बैंक एक दशमलब ८९ अंक, विकास बैंक ८ दशमलब ६७ अंक, निर्जीवन बीमा ५ दशमलब ९४ अंक र लघुबित्त २ दशमलब ९२ अंकले बढेको छ ।
यधपी, जलबिधुत ३ दशमलब ०४ अंक र जीवन बीमा ३१ दशमलब ०३ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ३ हजार २७४ कारोबारबाट १९ करोड ५ लाख १३ हजार ९९६ रुपैयाँ बराबरका ६ लाख २२ हजार ८०१ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
