काठमाडौँ: साताको अन्तिम कारोबार दिन नेप्सेमा करेक्सन भएको छ। निरन्तर ४ दिनको वृद्धिपछि यस दिन करेक्सन भएको हो।

पछिल्लो ४ कारोबार दिनमा नेप्से ४३.३६ अंक बढेको नेप्सेमा यस दिन १६ अंकको करेक्सन भएको हो। बुधबार १२.०५ अंक बढेर हालसम्मकै उच्च विन्दु ३१२३.१५ विन्दुमा पुगेको नेप्से, यस दिन १६ अंक घटेर ३१०७.४५ विन्दुमा झरेको हो।

यस दिन नेप्से ओरालो लागेपनि सेन्सेटिभ इण्डेक्स भने बढेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६४ अंक बढेर ५७९ विन्दुमा पुगेको छ। यस दिन फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक बढेको छ।

यस दिन नेप्से २२६ कम्पनीको १ लाख ३५ हजार ४२ पटकको कारोबारमा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा करेक्सन भएपनि यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन युनिभर्सल पावर, हिमालयन पावर पार्टनर, शिवश्री हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड मोदी र बरुण हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.०१ प्रतिशत बढेको छ।

बिहीबार कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबार रकमका आधारमा अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर कम्पनीको ५३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version