काठमाडौँ: सर्वोत्तम सिमेन्टको शेयरमा नियामक निकाय प्रमुखहरुको संलग्नताको विषयलाई लिएर अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जसँग ओभर दी काउण्टर अर्थात ओटीसी मार्केटमा भएको कारोबार विबरण ३ दिन भित्र बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सर्वोत्तमले ओटीसी मार्केटमा आबद्ध हुन निवेदन दिएका दिनदेखिको विबरणहरु पेश गर्न नेप्सेलाई भनेको हो ।

सर्वोत्तमको शेयरमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेप्से प्रमुख चन्द्रसिंह साउद लगायतले गरेको लगानीको विषय सार्वजनिक भएपछि उनीहरु नैतिक संकटमा परेका छन् ।

यस सम्बन्धमा नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयले यस अघि तथ्य सहित प्रष्टीकरण सोधेको थियो ।

मन्त्रालयले तथ्यपरक विबरण सहित ३ दिन भित्र प्रष्टीकरण मागे पनि धितोपत्र बोर्ड र नेप्सेले आफ्ना प्रमुखहरु शेयर कारोबारमा संलग्न रहेको वा नरहेको सम्बन्धमा तर्क मात्र पठाएका थिए । उक्त स्पष्टीकरणले अनुसन्धानमा कुनै टेवा नदिने भएपछि मन्त्रालयले सर्वोत्तमको ओटी बजारको सबै विबरण मागेको हो ।

मन्त्रालयको वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्यव महाशाखाले ३ दिन भित्र जवाफ पठाउन काटेको पत्र यस्तो छ ।

सर्वोत्तमको शेयरमा नियामक निकायका प्रमुख नै भित्री कारोबारमा संलग्न भएको तथ्य बाहिरिएसँगै यो विषय अहिले चासोको विषय बनिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version