एजेन्सी:
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले बार्सिलोना क्बल छाड्ने विषयमा आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

२१ वर्षको आबद्धतापछि उनी बार्सिलोनाबाट बाहिरिने कुरा क्लबले यसअघि नै जानकारी गराइसकेको छ।

तर यस विषयमा आज मेस्सी आफैंले जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्।

स्थानीय समयानुसार आइतबार मध्याह्न १२ बजे मेसीले स्पेनको बार्सिलोनामा पत्रकार सम्मेलन आयोजना गर्ने बार्सिलोनाले आफ्नो वेब साइटमार्फत जानकारी दिएको छ। पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण बार्सा टीभी प्लसमा हुने पनि जनाइएको छ।

बार्सिलोनाबाट बिदाइका क्रममा मेसीले आफ्ना धारणा राख्नाका साथै पत्रकारका जिज्ञासाको जवाफ पनि दिने बताइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version