काठमाडौँ: नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।

तुलसीलाल स्मृति भवनमा सोमबार बिहान ११ बजे स्थायी कमिटी र अपरान्ह ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

दशौं महाधिवेशन गर्न आवश्यक तयारीका लागि भन्दै एमालेले बैठक बोलाएको छ। एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भिन्नाभिन्नै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गरिरहेका छन्। लामो समयदेखि अध्यक्ष ओली र नेपाल पक्षबीच विभिन्न विषयमा विवाद छ।

दुबैतर्फका नेताहरूले आन्तरिक एकताको पहल भइरहेको बताए पनि ठोस सहमति भएका छैनन्। यसअघि कार्यदलबीच भएको १० बुँदे सहमतिमा नेता नेपालले स्वीकार गरिसकेका छैनन्। तर उक्त सहमति एकताको आधार भएको भने नेपाल पक्षको केन्द्रीय कमिटीले निष्कर्ष निकालेको थियो।

गत साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए। त्यसपछि अध्यक्ष ओली र नेपाल पक्षबीच सम्बन्ध झन् बिग्रेको थियो। अध्यक्ष ओली र नेता नेपालालाई भेटवार्ता गराउन एमाले नेताहरू लागिपरे पनि भेटवार्ता भएको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version