काठमाडौँ: कृषि विकास बैंकको १ हजार अंकित दरका ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकरण भएको छ ।

बैंकले ४ प्रतिशत व्याजदर रहेको ‘कृषि ऋणपत्र’, को सूचिकरण गरी कारोबारका लागि नेप्सेमा सूचीकृत गराएको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट प्रमुख कार्यकारी चन्द्र सिहं साउदले हस्ताक्षर गरे ।

सम्झौता पश्चात कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version