काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नँया अन्तराष्ट्रिय भवनतर्फको नयाँ पार्किङ एरियाबाट प्रहरीले तीन थान सुनको बालासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं कुमारीगाल बौद्ध बस्ने रामेछाप घर भएका २५ वर्षीय सन्तोष बस्नेत रहेका छन्।

अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १ सय ५० ग्राम बराबरको ३ थान सुनको बालासहित मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जजिरा एयरको उडानद्वारा साउदीबाट नेपाल आएका बस्नेतले विभिन्न यात्रीहरुलाई भन्सार छली गरी ल्याउन लगाई अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई उक्त धातुसहित प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version