गुल्मी: गुल्मीको इस्मा गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
इस्मा गाउँपालिका ४ का ११ वर्षीय राहुल गन्धर्वको बुधबार साँझ परेको चट्याङले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
चट्याङ लागेर अन्य तीनजना घाइते भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार ३९ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रुपा नेपाली र ११ वर्षीय किस्मत नेपाली घाइते भएका हुन्।
उनीहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारगरी थप उपचारको लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ। चट्याङ लागेर स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेका छन्।
Facebook Comments Box
