काठमाडौँ: नेप्सेमा निरन्तर तेस्रो कारोबार दिन नयाँ अलटाइम हाइ रेकर्ड बनेको छ। गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्सेले यस दिन पनि नयाँ रेकर्ड बनाएको हो।

गत मंगलबार नेप्से परिसूचक ३१६१.४५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको हो। सो रेकर्डलाई नेप्सेले बुधबार तोड्दै अर्को रेकर्ड बनाएको थियो। त्यसैगरी, बुधबार बनाएको रेकर्डलाई यस दिन तोडेर नयाँ रेकर्ड बनाएको हो।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.४१ अंक बढेर ३१७९.०० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन २२५ कम्पनीको १ लाख ५४ हजार ६६० पटकको कारोबारमा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेले नयाँ रेकर्ड बनाउँदा यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रुरु जलविद्युत, कामना सेवा विकास बैंक, माउन्टेन इनर्जी, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, साइन रेशुङ्गा डेभलपमेन्ट बैंक र यूनियन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बढेका ७ उपसमूहमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६.३७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक क्रमशः १ प्रतिशत र १.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड ७९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version