काठमाडौं: नेपाली कांग्रेसले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन आगामी मंसीरमा गर्ने निर्णय गरेको हो । महामन्त्री पुर्णबहादुर खड्काका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनेछ । ‘भदौको १८ गते वडा अधिवेशन शुरु गरेर मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको छ’, उनले भने ।

कांग्रेसको तीन दिनसम्म बसेको बैठक महाधिवेशनको नयाँ कार्यतालिका तोक्दै बैठक सकिएको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार निर्णय सर्वसम्मत रुपमा भएको हो ।

पौडेलका अनुसार भदौ २ गतेभित्र क्रियाशिल सदस्यहरुको अन्तिम नामावली बुझाउने, भदौ १८ गते वडा अधिवेशन, भदौको २७ गते पालिका अधिवेशन, असोज ५ गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गते केन्द्रीय महाधिवेशनको नयाँ मिति तय भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version