काठमाडौँ: पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ ।

पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

एमाले सचेतक शान्ता चौधरीले उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न निर्णय संसदीय दलले गरेको भन्दै संसद सचिवालयलाई सूचना दिएको जानकारी दिइन्।

यी हुन् कारवाहीमा पर्ने सांसदहरू
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण
१३. सरला यादव
१४. कलिला खातुन

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version