काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच वार्ता सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह पाँच बजेबाट वार्ता सुरु भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा लगायतका माग राखेर अनशन बस्ने घोषणा गरेका डा. केसीलाई प्रधानमन्त्री देउवाले वार्ता गर्न बालुवाटार बोलाएका हुन्।

डाक्टर केसी ३ गतेदेखि अनसन बस्ने तयारीमा थिए।

प्रधानमन्त्रीले बोलाएपछि डा. केसी आफ्ना सहयोगीसहित वालुवाटार गएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version