काठमाडौँ: 

अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

राज्यमन्त्रीसरहको सुविधा हुनेगरी उनी नियुक्त भएका हुन्।

उनले अर्थशास्त्रमा पिएचडी गरेका छन्। उनी यसअघि कर्णाली मन्त्रिपरिषद्को आर्थिक विज्ञ समेत भएका थिए। उनले विद्युत उत्पादन कम्पनीको विज्ञ सञ्चालकको रूपमा काम गरिसकेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version