काठमाडौँ: नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ।

पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने स्थायी कमिटी बैठकले निर्णय गरेको हो।

पेरिसडाँडामा शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।’

नेता श्रेष्ठका अनुसार क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने निर्णय भएको हो। ‘एकता र ध्रुवीकरणका लागि सम्भावना भएका सबै शक्तिसँग वार्ता गर्ने निर्णय भएको छ,’ उनले भने।

साथै बैठकले हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे छलफल पनि गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version