काठमाडौँ: राष्ट्रिय वाणिज्य बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखा जिल्लाको गण्डकी गांउपालिका वडा नः ५ दर्बुङ्ग स्थित बुढिगण्डकी आयोजनाबाट प्रभावित जनसमुदायका लागि स्वास्थ्य शिविर कार्यक्रम शनिबार संचालन गरेको छ ।

सो कार्यक्रमको उद्घाटन गर्दै बैंकका नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद तथा अन्य सामाजिक क्षेत्रमा नियमित रुपमा सहयोग पुर्याउदै आईरहेको र भविष्यमा पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

ललितपुरको किष्ट शिक्षण अस्पतालको सहकार्य र गोरखा जिल्ला गण्डकी गाउंपालिकाको समन्वयमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा स्थानीय विरामीहरुलाई जनरल, मानसीक र स्त्रीरोग विशेषज्ञहरुबाट परामर्श सेवा प्रदान गरी औषधी समेत वितरण गरिएको थियो ।
स्थानीय जनसमुदायको भव्य उपस्थिति रहेको सो कार्यक्रममा बैंकले वित्तीय सचेतना कार्यक्रम समेत संचालन गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version