काठमाडौँ: पार्टी विभाजनमा माधव कुमार नेपालालई साथ नदिएका एमाले नेता र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे कार्यान्वन गर्ने सहमति भएको छ।

ओली निवास बालकोटमा सोमबाबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ। १० बुँदेले भने अनुसार २०७५ जेठ २ कायम भएको छ। केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशिल हुन्छ,’ भट्टराईले भने, ‘ती कसरी क्रियाशिल हुन्छन् भोलि हामी त्यो ढाचाबारे कुरा गर्छौ। भोलिको बैठकमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेतालाई पार्टी एकतामा फर्किन आग्रह गर्छौ।’

सचिव भट्टराईले सबै पूर्ववत जिम्मेवारीमा रहनेसमेत बताए। उनले कोही पनि विभाजनमा जान नहुने भन्दै कसैमाथि अन्याय हुँदैन भन्ने सुनिश्चितता स्थायी कमिटिले गर्ने दाबी गरे।

उनले आफूहरूको सहमति बिनै माधव नेपालले नयाँ पार्टी गठन गरेको आरोप लगाए।

‘हामीले अन्तिमसम्म एकताको रक्षा गरौं भनेको हो। हामीले उहाँसँग पटक पटक पार्टी विभाजनमा हामी सँगै हुँदैनौ भनेर प्रष्टसँग भनेको हो। उहाँले अलि हतारमा पार्टी स्थायी कमिटीको टिमसँग निर्णायक छलफल नगरि बाहिर जानुभयो’, उनले भने, ‘एकतामा फर्किएमा सबै कारबाही अमान्य हुन्छन् भनेर अध्यक्षले भन्नुभएको छ। माधव नेपालाई एकतामा आवद्ध हुन अपिल गछौं। नयाँ पार्टी गठनबाट उहाँ अलग हुनपर्छ। हामी अन्तिम पहलकदमी लिन्छौ।’

यस्तै एमाले प्रवक्ता प्रदिप ज्ञवालीले स्थायी कमिटी बैठकमा सबै उपस्थित हुने दाबी गरे। ‘१० बुँदे कार्यान्वयनको प्रक्रियालाई तिब्रता दिने निर्णय गरेको छ। यसबारेमा थप छलफल गर्न भोलि ११ बजे तुलसीलाल स्मृती प्रतिष्ठामा स्थायी कमिटी बस्छ’, उनले भने, ‘यो छलफलपछि पार्टीमा देखिएका समस्याहरु समाधान हुन्छ। भोलिको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुन्छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version