काठमाडौँ: आजदेखि केही दिनसम्म वर्षाको मात्रा ह्वात्तै बढ्ने र कतिपय स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना रहेकाले सजग रहन मौसमविद्ले आम नागरिकलाई आग्रह गरेका छन्।

महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार नेपालको पूर्वी तराई क्षेत्रनजिक मनसुनको न्यून चापीय रेखा रहेका कारण एक–दुई दिन अगाडीबाटै नेपालमा मनसुन केही सक्रिय छ। आज (बुधबार) रातिबाट त्यो रेखा अझ नजिक आउने र केही दिनसम्म रहने सम्भावना छ।

‘सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरीको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार बिहान) देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version