काठमाडौँ: कोरोना भाइरसविरूद्धको खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको सर्वेक्षणले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ साल असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा दुबै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी देखिएको हो।

साथै, पहिलो मात्रा खोप लगाउनेमध्ये पनि ८० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको पाइएको हो। जसले गर्दा अहिले लगाइरहेका खोपहरू अत्यन्त प्रभावकारी रहेको मन्त्रालयको ठहर छ।

त्यस्तै, समग्रमा देशभरिबाट संकलित गरिएको उक्त नमूनामध्ये ६८.६ प्रतिशत नमूनामा एन्टिबडी देखिएको छ।

मन्त्रालयले सातै प्रदेश र हिमाल, पहाड, तराई, गाउँ, सहरलगायत सबै लिंग, उमेर, पेशा तथा समूहका मानिसहरूको नमूना संकलन गरेकोमा ती सबै समूहका मानिसहरूमा एन्टिबडी विकास भएको पाइएको हो।

तर भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने हुँदा संक्रमणबाट बच्नलाई भौतिक दूरी कायमलगायत आवश्यक सावधानी अपाउन मन्त्रालयको आग्रह छ।

साथै, संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण भएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गराउन मन्त्रालयको अनुरोध छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version