काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा शुरु गर्ने दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।

आयोगले प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक चूँडामणि केसी र बालज्योति निम्न माध्यमिक विद्यालय साँडेपानी, कैलालीका शिक्षिका कमला कुवँरविरुद्ध आरोपपत्र दायर गरेको हो ।

नायब निरीक्षक केसीले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट प्राप्त गरेको ‘इन्टरमिडियट’को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अनुसन्धनबाट भेटिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने माग दाबीसहित आरोपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version