काठमाडौँ: फिफा विश्वकप छनोटमा सर्बियाले सहज जित निकालेको छ।

शनिबार राति भएको युरोपियन छनोटमा सर्बियाले लक्समवर्गलाई ४-१ गोलले पराजित गरेको हो ।

सर्बियाको जितमा एलेक्सजेण्डर मिट्रोभिचले दुई गोल गरे भने निकोला मिलेन्कोभिचले एक गोल गरे । सर्बियाले एक गोल आत्मघाती उपहार पाएको थियो । लक्समवर्गका ओलिभर थिलले एक गोल फर्काए ।

जितसँगै सर्बियाले ४ खेलमा १० अंक जोडेको छ । सर्बिया शीर्ष स्थानमा रहेको छ । लक्समवर्ग ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version