काठमाडौँ: साताको पहिलो दिन बजार खुले देखि नै ओरोला लागेको सेयर बजार १२ः४५ बजेसम्म १ सय ८ दसमलव २६ अंकले घटेको छ ।

यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ ।

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन् ।

समग्र सेयर कारोबार आज २८ सय १८ रहंदा आज कुल २ करोड ३० लाख सेयर किनबेच हुँदा जम्मा ११ अर्व २४ करोडबढीको कारोबार भयो।

आज सबैभन्दा बढी नन् लाइफ (५१९ दसमलव २६) अंकले र विकास बैंक (३९४ दसमलव ८) ले घट्यो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version