काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सुदूरपश्चिम प्रदेशसभाबाट थप एक सदस्यले सनाखत गराएका छन् ।
नेकपा एमालेका १३ प्रदेशसभा सदस्य यसअघि नै नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका थिए भने सोमबार अर्का एकजना खुलेसँगै प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका सदस्य संख्या १४ पुगेको हो ।
प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादीका पक्षमा सोमबार सनाखत गराएकी हुन् ।
निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म विभाजन भएर बनेका नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिलाई समय तोकेको छ ।
Facebook Comments Box
