काठमाडौं : ग्लोबल आईएमई बैंकको कर्जा जोखिम न्यून रहेको देखिएको छ । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङमा बैंकको स्तरवृद्धि देखिएको छ ।

 

इक्रा नेपालले जारी कर्ता रेटिङलाई (आईसीआरएएनपी–आईआर) ए माइनसबाट (आईसीआरएएनपी–आईआर) ए तथा हाल विद्यमान ऋणपत्रको रेटिङमा पनि आईसीआरएएनपी एलए माइनसबाट एलएमा स्तर बृद्धि गरेको हो । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पुरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

 

 

बैंकको पर्याप्त तरलता तथा पुँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि देखिएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version