काठमाडौँ:
सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ । रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version