काठमाडौँ: मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेलमा नेपालको आजको दोश्रो खेलमा नेपाल स्पिनर सन्दीप लामिछानेले युएईविरद्ध व्यक्तिगत पाँच विकेट लिएका छन्।
लामिछानेले १४ औं ओभरमा रोहन मुस्ताफा, ३० औं ओभरमा सिमान अनवर, ३५ औं ओभरमा मोहम्मद उस्मान, ४५ औं ओभरमा अब्दुल साकुर र मोहम्मद नाविदको दुई विकेट लिएका हुन् ।
टस जितेर फिल्डिङ रोजेको नेपालले अहिले यो समाचार तयार पार्दासम्म ४७ ओभरको खेलमा नेपालले ८ विकेट लिंदै बंगलादेश २१४ रनमा खेलिरहेको छ । हिजो भएको ओमनसंगको खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो ।
यसअघि, काठमाडौँ: मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेलमा नेपालको आजको दोश्रो खेलमा नेपाल स्पिनर सन्दीप लामिछानेए व्यक्तिगत युएईविरद्ध तीन विकेट लिकेका छन्।
लामिछानेले १४ औं ओभरमा रोहन मुस्ताफा, ३० औं ओभरमा सिमान अनवर र ३५ औं ओभरमा मोहम्मद उस्मानको विकेट लिएका थिए ।
टस जितेर फिल्डिङ रोजेको नेपालले अहिले यो समाचार तयार पार्दासम्म ४० ओभरको खेलमा १९० रन दिंदै ६ विकेटको लिइसकेको छ । हिजो भएको ओमनसंगको खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो ।
खेल मलेसियाको किनारा ओभल क्रिकेट मैदानमा जारी छ ।
