काठमाडौँ: दाङ र आसपासका जिल्लाका थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन्।

दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ।

तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, गढवा गाउँपालिका लगायतका दाङका स्थानीय तहले आज सार्वजनिक बिदा पनि दिएका छन्।

लुम्बिनी प्रदेश सरकारले पनि दाङ, बाँके, बर्दिया जिल्लामा बिदा दिएको छ। थारु समुदायले अष्टमीपछि चन्द्रमादेखिने बित्तिकै अटवारी पर्व मनाउने गर्छन्।

यो पर्व कृष्णा जन्माष्टमीको आठ दिनपछि आउने आइतबारका दिन मनाउने प्रचलन थारु समुदायमा छ। सूर्य अर्थात् शक्तिको उपसनाको लागि पनि यो पर्व मनाउने गरिन्छ।

थारु समुदायका पुरुष अट्वारीमा पानी पनि नखाइ ब्रत बस्ने गर्छन्। आफ्नो लागि चोखो खानेकुरा आफैँ पकाउने चलन छ। अटवारीमा रोटी, काँक्रा, दही, केराजस्ता स्थानीय परिकार खाइन्छ। ती परिकार खानुभन्दा पहिला पूजा गर्ने परम्परा छ।

भोलिपल्ट बिहान पाँच वा सात प्रकारका गेडागुडीयुक्त तरकारी, खाना खाइसकेपछि आफ्ना अग्रासन दिन जाने चलन छ। उनीहरु कोशेली छोड्न छोरीका घरमा पुग्छन्।

अटवारी पर्वलाई सम्मान र आपसमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा लिने गरिन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version