काठमाडौँ: ओमनमा जारी वर्ल्ड कप क्रिकेट लिग-२ को खेलमा अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष चुनौतीलाई समान गर्दै नेपालले ५ विकेटको फराकिलो जित हात पारेको छ ।
गए राति सम्मपन्न खेलमा म्यान अफ दि म्याच भएका कुसल भुर्तेलले ८४ रनको योगदान गरे। यस्तै ६२ रनमा नट आउट रहँदै रोहित पौडेलको योगदान पनि कम रहेन भने बिनोद र असिफ सेखको समान ३७ रनको योगदान गरे। कप्तान ज्ञानेन्द्र मल्ल १५ बल खेलेर १७ रनमा आउट भए। यस्तै, अमेरिका लागि सेन्चुरी मारेका मोनाङ्क पटेलले ११५ बलमा १०० रन जोडे।
खेल नेपालको पक्षमा आउनु कारण ओपनर भुर्तेल र आसिफ सेखको ९५ रनको योगदान नै ठुलो रहन पुग्यो। नेपालले ४९ ओभरमा आफ्नो लक्ष ५ विकेटको क्षेतीमा भेटाएको हो।
