काठमाडौँ: अब विद्युतीय वालेटबाट प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाखसम्म रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ । यसअघि विद्युतीय वालेटबाट प्रतिकारोबार २५ हजार र प्रतिमहिना पाँच लाख रुपैयाँमात्रै कारोबार गर्न पाइने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८’ जारी गर्दै विद्युुतीय माध्यमबाट हुने रकमान्तर तथा भुक्तानी सीमा बढाएको हो ।

विद्युतीय वालेटमा यसअघि ओभरनाइट २५ हजार रुपैयाँभन्दा धेरै रकम मौज्दात राख्न नपाइने व्यवस्था थियो । अब भने केन्द्रीय बैंकले यो सीमा दोब्बर अर्थात ५० हजार रुपैयाँसम्म पुु¥याइदिएको छ । सो भन्दा बढी रकम भने ग्राहकको बैंक खातामै जम्मा गर्नुपर्नेछ ।

अब संस्थागत र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको विद्युतीय वालेटमा एक दिन (२४ घण्टा) मा १० पटकमात्रै रकम जम्मा गर्न पाइनेछ । साथै, अनुुमतिपत्रप्राप्त संस्थाहरूले स्थायी लेखा नम्बर (पान) लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था पनि निर्देशिकामार्फत गरिएको छ । यो नयाँ व्यवस्था हो ।
पान नलिएका व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति÷खुद्रा व्यापारको नाममा आधिकारिक परिचयपत्रको आधारमा मर्चेन्टको रूपमा क्यूआर कोड उपलब्ध हुनेछ ।

विद्युतीय वालेटमार्फत रकम कारोबार गर्ने सेवाग्राहीले तीन हजार रुपैयाँसम्म राजस्व तिर्दा अधिकतम पाँच रुपैयाँ सेवा शुल्क लाग्नेछ ।

१० हजार एक रुपैयाँमाथि प्रतिकारोबार रकममा २० रुपैयाँ, मोबाइलमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कोष हस्तान्तण (आइबीटीएफ) गर्दा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्म प्रतिकारोबार २० रुपैयाँ, एक लाख रुपैयाँभन्दा बढीको प्रतिकारोबारमा ३० रुपैयाँ सेवा शुल्क लाग्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version