काठमाडौँ: राष्ट्रिय वाणिज्य बैक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न. ६ चैनपुर बजारमा १३६ औं एटीएम मेसीन संचालनमा ल्याएको छ ।

उक्त एटीएम मेसीनको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । श्रेष्ठले रावा बैंकले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई छिटो छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताए ।

बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३६ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेकोे छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version