काठमाडौं: सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो। सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार २ सय रुपैयाँमा स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १७९०.६३ डलर रहेको सुन बुधबार बढेर प्रतिऔंस १८०३ .२२ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि मंगलबारका तुलनामा बुधबार बढेको छ। मंगलबार प्रतिऔंस २३.६६ डलर थियो, बुधबार २३.७२ डलर छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version