काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले अहिलेको पाँच दलीय सरकार जनताबाट निर्वाचित नभएको बताएका छन्।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘यो जनताबाट निर्वाचित भएर आएको सरकार होइन। अहिले लोकतन्त्र ढाल्नका लागि अहिलेसम्मका उपलब्धी सक्नका लागि पाँच पार्टी एक भएका छन्’, उनले भने, ‘माधव नेपालको पार्टी पनि अवैध ढंगले दर्ता भएको छ। हामीले निकालेका मान्छेहरु सांसद भनेर, केन्द्रीय सदस्य भनेर हिँडेका छन्। सभामुख तमासा देखाइरहेका छन्।’

आफूले देशलाई चुनावमा लैजाने निर्णय सही रहेको पनि उनले जिकिर गरे। ‘यो सरकार जनताबीच जान डराइरहेको छ। चुनाव हुँदैमा प्रतिगमत हुँदैन। १ वर्षपछि त चुनाव गर्नुपर्छ’, उनले भने, ‘कस्तो शासन खोजेका छन् यी तानाशाहहरुले? मलाई दु:ख कष्ट दिन सक्छन्। १४ महिनामा चुनाव हुन्छ, १५ महिनामा यी आफैँ हराउँछन्।’

ओलीले पाँच दलीय गठबन्धनलाई फ्रिजमा जमेका आइसका डल्लाको संज्ञा दिए। ‘यिनीहरु त फ्रिजमा बनाइएका आइस हुन्’, उनले भने, ‘यी डल्ला बाहिर राखिदिएपछि एकै छिनमा पग्लिएर जान्छन्।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version