काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा एवम् सफल कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सातौं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गर्दै देशमा दिगो विकास, सुशासन र विकासको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए ।

संविधान कार्यान्वयनका लागि आवश्यक नियमहरु बनाइदै लगिने विषयमा पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाए । उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड –१९ महामारीको अवस्थामा नागरिकको जीवनरक्षाको प्रयास गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको ध्येय रहेको उल्लेख गरे।

संविधानको कार्यान्वयनबाट नै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुशासन, प्रेस स्वतन्त्रता, न्याय र समानतामा आधारित समाज प्राप्त गर्न सकिने उल्लेख गर्दै प्राप्त उपलब्धिहरुको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताए।

देशमा आमनागरिकको परिवर्तनको आवश्यकता, सशस्त्र संघर्ष, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संविधानले संस्थागत गरेको उनको भनाई थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version