काठमाडौँ:
बंगलादेशको शरणार्थी क्याम्पमा रहेका म्यानमारका शरणार्थीलाई नेपाल ल्याउने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती शरणार्थीहरुलाई नेपालबाट अमेरिका जान मिल्ने र तत्काल पठाइने, मासिक भत्ता राम्रो पाइनेलगायतका प्रलोभन दिएर काठमाडौं भित्र्याउने कार्यमा संलग्न रहेको आरोपमा २ म्यानमार र १ बंगलादेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा म्यानमारका नागरिक नोरुल अमिन, शोफिक आलम र बंगलादेशी नागरिक अजमत उल्ला रहेका छन् । उनीहरु काठमाडौं बस्दै आएका थिए भने अनुसन्धान पछि रोहिंग्या भित्र्याउने कार्यमा एजेन्टको भूमिका खेलेको पाइएपछि पक्राउ गरिएको ब्युरोका निर्देशक तथा प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले जानकारी दिए ।

केही दिनअघि प्रहरीले अवैधरुपमा नेपाल आएर बौद्ध पुगेका १४ रोहिंग्यालाई बौद्धबाट पक्राउ गरेर अध्यागमनलाई बुझाएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version