काठमाडौँ: बाँके जिल्लाको पिपरीमा रहेको कृषि विकास बैंकको शाखा पिपरीको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उद्घाटन गरेका छन् ।

उक्त अवसरमा सीईओ उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको बैंकले ‘कृषिलाई नछोडने अरुलाई जोडने’ यसको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेट्दै लगेतापनि कृषि क्षेत्रलाई विषेश जोड दिने बताए ।

कृषकको हित र सहजताको लागी कृषि क्षेत्रलाई प्रविधि मैत्री वनाउन बैंकले किसान क्रेडिट कार्ड संचालनमा ल्याएको छ । जसको प्रयोगवाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने उनले बताए ।

कार्यक्रममा बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले सवै बैकिङ सुविधाका बारेमा बारेमा जानकारी गराए । कार्यक्रमको अध्यक्षता प्रदेश कार्यालय नेपालगञ्जका निर्देशक गिरीराज रेग्मीले गरेका थिए ।

शाखा पिपरीका प्रवन्धक नेत्र वुढथापाले स्वागत गरे । बैंकका अर्का प्रदेश प्रमुख खुर्सेद महम्द, बैंक अन्य कर्मचारीहरुको समेत उपस्थित रहेको उक्त कार्यक्रमको संचालन प्रदेश कार्यालय नेपालगञ्जका व्यवसाय सहायक सुरेश पोख्रेलले गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version