काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ।

बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ।

आजै नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी भएको एक नेताले जानकारी दिए।

यसैगरी बैठकले राजदूतहरुको नामका विषयमा पनि छलफल गर्ने ती नेताले बताए।

सरकार गठन भएको करिब साढे दुई महिना बितिसक्दा समेत सरकार विस्तार हुन सकेको छैन। मुख्य सत्ता साझेदार माओवादी केन्द्रका हाल दुई जना मन्त्री मात्रै सरकारमा सहभागी छन्।

यस्तै, पूर्ववर्ती ओली सरकारले राजनीतिक निर्णयका आधारमा नियुक्त गरेका विभिन्न देशका राजदूतहरुलाई समेत सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि ती देशमा राजदूत पद खाली भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version