काठमाडौँ: नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यसअघिकै कार्यतालिका अनुसार यही असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रका शर्माले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । यसअघि असोज ५ गतेसम्म सम्पूर्ण जिल्लाको वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो । तर, क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लामा अधिवेशन हुन सकेको छैन ।

७५३ वटै स्थानीय तहको अधिवेशन एकैदिन गर्ने भनिएकोमा अब त्यस्तो नहुने भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version