काठमाडौँ: नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बिहीबारसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन्।
आज स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महराले गठबन्धन बैठक आज साँझ बालुवाटारमा बस्ने र भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने बताएका हुन्।
राजनीतिक दल सम्बन्धी अध्यादेशलाई अर्को विधेयक ल्याएर प्रतिस्थापन गर्ने तयारी रहेको पनि उनले जानकारी दिए। बिहीबार संसद बैठक बस्दैछ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेशलाई संसदमा पेश गरेको थियो।
अध्यादेश निस्कृय वा फिर्ता नभएसम्म सरकारमा नजाने अडानमा जसपा छ। अब अध्यादेश सम्बन्धी समस्या हट्ने र मन्त्रिपरिषद विस्तार हुने महराले बताए।
मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दैछ।
