काठमाडौँ: फरवार्ड क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोलले हराउँदै युभेन्ट्सले पहिलो जित निकालेको हो ।

युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले एक एक गोल गरे ।

स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले एक एक गोल गरे ।

जितसँगै ५ खेलमा ५ अंक जोडेको  युभेन्ट्स १२औँ स्थानमा छ । स्पेजिया ४ अंकसहित १६औँ स्थानमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version