काठमाडौँ:

चीनले आफूसँग मित्रता र सहकार्य गर्न सल्लाह दिँदै पश्चिमी मुलुकसँग निकटता बढाएकामा भारतलाई चेतावनी दिएको छ।

बीबीसीका अनुसार भारतका लागि चिनियाँ राजदूत सन विन्डङले चीन–भारत सम्बन्धबारे आयोजित चौथो उच्चस्तरीय ट्र्याक–२ संवादको उद्घाटन समारोहमा दुई देशबीच जारी सीमा विवाद आपसी संवादबाट हल गर्नुपर्ने बताए।

उनले सीमा विवादलाई अन्य द्विपक्षीय सम्बन्ध जस्तै : आर्थिक सम्बन्धबाट अलग राख्नुपर्ने सुझाव दिँदै भारतले पश्चिमी मुलुकसँग निकटता बढाएकामा चेतावनी पनि दिएका हुन्।

सन विन्डङले भने, ‘गत वर्ष भारत–चीन सम्बन्धमा यस्तो तनाव देखापर्यो, जुन विगतमा कहिले देखिएको थिएन। दुई देशबीचको सम्बन्ध निकै तल्लो स्तरको भयो।’

उनले अगाडि भने, ‘एकातर्फ विश्व अशान्ति र परिवर्तनको चरणमा प्रवेश गरिरहेको छ अर्कातर्फ अहिले पनि कोरोना महामारी फैलिरहेको छ र विश्व अर्थतन्त्र सुस्त बनेको छ।अफगानिस्तानमा भएको परिवर्तनले क्षेत्रीय स्थितिमा महत्त्वपूर्ण प्रभाव पारेको छ। दुई ठूला विकासशील देश तथा उदीयमान अर्थव्यवस्थाका रूपमा चीन र भारतबीच समन्वय र सहयोग बलियो बनाउन आवश्यक छ।’

राजदूत सन विन्डङले चीन र भारतले आफूहरूबीच रहेको मतभेदलाई सही तरिकाले हल गर्नुपर्नु उल्लेख गर्दै यसलाई ठूलो विवादमा परिणत हुन दिन नहुने सुझाव दिए।

उनले भने, ‘हामीले द्विपक्षीय सम्बन्धमा सीमा मुद्दालाई उचित स्थानमा राख्नुपर्छ र वार्ताबाटै निष्पक्ष र स्वीकार्य समाधानको खोजी गर्नुपर्छ। चीन भारत–चनी सीमा विवादको उचित समाधान निकाल्न सधैं सकारात्मक छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version